११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको नयाँ रेकर्ड कायम



सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम भएमो छ। बिहीबार सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो सुनको हालसम्मकै उच्च मूल्य हो।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

गत मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। बिहीबार सो रेकर्डलाइ तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

यस्तै बिहीबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८५० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ११ : १७ बजे