११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मौलापुरमा “फ्री बिजुली, फ्री पानी” कार्यक्रम प्रभावकारी बन्दै



रौतहटको मौलापुर नगरपालिकामा जनपक्षिय कार्यक्रम प्रभावकारी र उदाहरणीय बन्दै गएका छन् । नगरबासीले बुझाउने बिद्युत महसुलको तेश्रो किस्ता वापत ४५ लाख २६ हजार रकम मौलापुर नगरपालिकाले बिद्युत प्राधिकरणकोलाई बुझाएको हो ।

नगरप्रमुख रीना कुमारी साहले बिद्युत शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गर्नुभएको हो । मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन गर्दै आएकोछ । झण्डै ५ बर्ष देखी जनताको घरायसी मीटर र कृषि मीटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।

यो चालु आर्थिक वर्षमा मात्रै अहिले सम्म ३ करोड़ ४३ लाख ५० हजार रक़म बुझाई सकेको छ । साथै यस नगरपालिकामा शिक्षा, स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा उल्लेखनीयक काय हुदै आएको छ । साथै छोरी शिक्षा र प्राविधिक विषयमा समेत नगरपालिकाले चर्चा पाउने गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १ : ४७ बजे