आजबाट यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको छ।
नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी जेठ २८ गते कोशी प्रदेशको पुर्वी भू(भागमा आगमन भएको थियो । यस्तै, असार ६ गते कोशी प्रदेशको बाँकी भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू(भागमा आगमन भएको थियो।
यसकासाथै, मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू(क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहाव जस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको पुर्वानुमान रहेको छ ।
त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया