१३ कार्तिक २०८२, बुधबार | Thu Oct 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द हुने



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिकमा दिनहुँ १० घण्टा बन्द गर्न लागिएको छ । विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बे लगायतका काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो ।

आउँदो कात्तिक २३ गतेदेखि १८ चैतसम्म विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुने भएको छ । एक सूचना जारी गर्दै विमानस्थलले दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने जानकारी दिएको हो । सो सूचनामा विमानस्थल कार्यालयले विमानस्थल पाँच महिनासम्म यसरी नै चल्ने जनाएको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजे खुल्छ भने राति २ बजेसम्म संचालन हुन्छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ५५ बजे