तनहुँ, असार २३ गते ।
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा तनहुँको शुक्लागण्डकी र ऋषिङ गाउँपालिकामा गरी चार जनाको मृत्यु भएको छ ।
पहिरोले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा घरमाथिबाट आएको पहिरोमा पुरिएर ४० बर्षीय हिरा नेपाली, ६५ बर्षीय स्याम अधिकारी र ३७ बर्षीया अनिशा वास्तोला रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी तनहुँ हाईड्रोपावरको सुरुङमार्ग बाहिर काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर ऋषिङ गाउँपालिका १ मालिङ्गा बस्ने ५० बर्षीय कृष्णबहादुर पुलामी मगरको मृत्यु भएको छ । टाउकोमा चोट लागेर उपचारको लागि दमौली अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया