हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा भएको छ । कञ्चनपुरको दोधारामा पछिल्लो २४ घन्टामा ५७३ मिलिमिटर वर्षा भएको छ । यो नेपालमा मापन गर्न थालिएयताकै अति भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । यसैबीच, सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
२५ असार २०८१, सोमबार
0
Shares
प्रतिक्रिया