८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


बागमतीका पाँच मन्त्रीले राजीनामा दिँदै



हेटौँडा, असार २४ गते । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरूले आज सोमबार राजीनामा दिने भएका छन् । सङ्घमा भएको सत्ता समीकरण परिवर्तन भएर नेपाली काँग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै यस प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको १३ सदस्यीय मन्त्रीमण्डलमा एमालेका तर्फबाट पाँच जना मन्त्री सहभागी छन् ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज सोमबार मुख्यमन्त्रीलाई पाँचै जना मन्त्रीको मुख्यमन्त्री समक्ष सामूहिक राजीनामा बुझाउने जानकारी दिनुभयो ।

उहाँले बिहान १० बजेको समयमा राजीनामा दिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने बताउनुभयो । सङ्घका एमाले मन्त्रीहरूले सरकारबाट राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यस प्रदेशमा पनि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरे पनि मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहनुभएकोले रोकिएका थिए । आइतबार राजीनामा दिने भनिए पनि मुख्यमन्त्रीले मन्त्रीपरिषद् बैठकपछि मात्र राजीनामा दिन भनेपछि सहमतिमा आज राजीनामा दिन लागिएको हो ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ११ : ४१ बजे