चौतर्फी दबाबका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले चुनावी प्रतिस्पर्धाबाट पछि नहट्ने अडान लिएका छन्। उनले आफू डोनाल्ड ट्रम्पसँग भिड्न मानसिक रूपले सक्षम रहेको दाबी गरेका छन्।
बाईडेनको अडान प्रति पार्टीभित्रै चर्को बिरोध भइरहेको छ । बाइडेनले टीभीमा अन्तर्वार्ता दिएर पार्टीभित्रको विद्रोह साम्य पार्ने कोसिस गर्नुभएको थियो । तर डेमोक्र्याट पार्टीका नेताहरुले राष्ट्रपतिको उम्मेद्वारीबाट पछि हट्ने किसिमको कमजोर प्रस्तुती रहेको भन्दै आलोचना गरेका थिए ।
पार्टी भित्रैका नेताहरुले बाइडेनलाई सार्वजनिक रूपमै प्रतिस्पर्धा छाड्न आग्रह गरिरहेका छन्। आफूलाई कसैले पनि प्रतिस्पर्धा छाड्न राजी गराउन नसक्ने बाईडेनको अडान छ ।
प्रतिक्रिया