१३ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घुससहित नवलपरासी कारागार प्रमुख पक्राउ



घुस लिएको आरोपमा कारागार कार्यालय नवलपरासीका प्रमुख (कारागार प्रशासक) विनोदकुमार दत्त पक्राउ परेका छन्। डेढ लाख नगद सहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरेको हो।

विराटनगर महानगरपालिका–१० घर भएका उनीसँगबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार बरामद भएको अख्तियारको प्रेस विज्ञप्तिमा जनाइएको छ। उक्त रकम उनले निवासको दराजमा राखेको बताइएको छ। कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको स्रोतले बताएको छ।

कारागारको चौकीदार छनौट कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले गर्ने उल्लेख छ। पक्राउ परेका दत्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ३ : २७ बजे