चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना गम्भिर घाइते भएका छन् । सोमबार दिउसो पिपलचोकबाट त्रिचोकतर्फ आउँदै गरेको ना ५४ प ५८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा चालक भरतपुर–७ नारायणपुर चोक बस्ने अन्दाजी ३५ वर्षीय मनोज तामाङ र पछाडि सवार भरतपुर–७ कृष्णपुर बस्ने २१ वर्षीय पुजन गुरुङ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
चालक तामाङको चितवन मेडिकल कलेज र पछाडि सवार गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया