३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


युरोकपको सेमिफाइनल खेल आज रातिबाट सुरु हुँदै



युरोकपको सेमिफाइनल खेल आज रातिबाट सुरु हुँदै छ । पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स भिड्ने छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा सुरु हुनेछ । स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने दाउमा रहेका छन् । जारी प्रतियोगितामा युवा बाहुल्य रहेको स्पेन सबैभन्दा बढी गोल गर्ने टिम हो ।

जारी प्रतियोगितामा स्पेनले शतप्रतिशत जित निकालेको छ । स्पेनले पाँच खेल जित्ने क्रममा ११ गोल गरिसकेको छ । त्यस्तै स्पेनले दुई गोल मात्र खाएको छ । फ्रान्सले सेमिफाइनल पुग्ने क्रममा अहिलेसम्म अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । फ्रान्सले दुई गोल आत्मघाती रूपमा प्राप्त गरेको थियो । एक गोल किलियन एमबापेले पेनाल्टीमा गरेका थिए । फ्रान्स सबभन्दा कम गोल बेहोरेर अन्तिम चारमा पुगेको हो ।

अहिलेसम्म फ्रान्सले एक मात्र गोल बेहोरेको छ । स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने दाउमा रहेका छन् । स्पेन र फ्रान्स बीचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इंग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ५१ बजे