२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा प्रवेश



स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २–१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो ।

फ्रान्सलाई पराजित गर्न स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरेका हुन् । त्यसअघि रान्डल कोलो मुआनीले ८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए ।

जारी युरोकपमा स्पेन अपराजित छ । स्पेनले अब इंग्ल्याण्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । युरोकपको फाइनल खेल जुलाई १५ मा हुनेछ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ८ : २५ बजे