४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गाजामा युद्धविराम सम्झौताका लागि इजराइली प्रतिनिधिमण्डलसँग छलफल,ठूलो क्षति हुँदा पनि युद्धविराम अनिश्चित



अमेरिका र इजिप्टले गाजामा युद्धविराम सम्झौताका लागि छलफल गरेका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी र अमेरिकी सीआइएका निर्देशक विलियम बन्र्सबीच छलफल भएको हो । अमेरिका र इजराइली प्रतिनिधिमण्डलले पनि गाजा युद्धविराम प्रयासबारे छलफल गरेका छन् ।

मध्यस्थकर्ताहरू इजिप्ट र कतार गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतासम्म पुग्ने उद्देश्यले महिनौँदेखि वार्तामा छन् । इजराइली आँकडाअनुसार दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा आक्रमण गर्दा एक हजार एक सय ९५ मानिसको मृत्यु भएको छ । हमासका लडाकूहरूले उक्त आक्रमणका क्रममा २५१ जनालाई बन्धक बनाएका छन् । तीमध्ये ११६ जना गाजामा रहेका छन् ।

इजरायली सेनाका अनुसार गाजामा बन्धक बनाइएकामध्ये ४२ जना मारिएका छन् । हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासविरुद्ध इजराइलको जवाफी आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ३८ हजार २४३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ३ : २४ बजे