५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


जोहानेसबर्गमा मिनीबस अर्को गाडीसँग ठोक्किदा १२ जना बालबालिकाको मृत्यु



असार २६ गते दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किए पछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको

मिनीबसका चालकको पनि मृत्यु भएको अन्य सात जना बच्चालाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको

टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्ण रूपमा नष्टभएको देखाएको  

गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले बताउनुभयो, “यो दुःखद घटनाबाट निकै दुःखी छु हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपूर्ण घटना हो हामी मृतकको परिवार प्रति समवेदना प्रकट गर्दछौं घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ रासस

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ५ : १३ बजे