११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


जसपा नेपालको केन्द्रीय समितिमा २ सय १५ सदस्य मनोनयन



काठमाडौं, असार २७ गते ।
जनता समाजवादीको केन्द्रीय समितिमा दुई सय १५ सदस्य मनोनित भएका छन् ।

जनकपुरमा गत जेठ २८ देखि ३० गते सम्म चलेको पार्टी महाधिवेशनले अध्यक्षमा यादवलाई निर्विरोध चयन गर्दै बाँकी पदाधिकारी र सदस्य मनोनयन गर्न अध्यक्ष यादवलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणीमा अध्यक्ष यादवसहित रकम चेम्जोङ्ग, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा मगर छन् ।

यद्यपि सहअध्यक्षसहित पदाधिकारीको टु.गो भने अहिलेसम्म लाग्न सकेको छैन ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ११ : ३३ बजे