१२ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राप्रपा संसदीय दलको बैठक बस्दै



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न संसदीय दलको बैठक बोलाएको राप्रपाले जनाएको छ ।

बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट रहेको छ ।

राप्रपाले यसअघि कांग्रेस–एमाले सहमतिलाई स्वागतयोग्य भनेको थियो ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १२ : ४४ बजे