११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय



काठमाडौँ, असार २७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो। बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिनुभएको हो।

उहाँले सरकामा पार्टी जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिमा भर पर्ने बताउनुभएको छ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। नेकपा एमाले ले नेकपा माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोडेर काँग्रेससँग सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नुभएको हो।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ४ : ५९ बजे