११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


निर्वाचन आयोगको चौथो रणनीतिक योजना २०८१ /८२ को मस्यौदा तयार



काठमाडौँ, असार २७ गते । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हाल सम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१र८२ को मस्यौदा तयार गरेको छ ।

आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान गरेको हो । नेपालको संविधान, निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५र६६ देखि पञ्चवर्षीय योजना लागू भएको थियो । हाल तेस्रो आवधिक रणनीतिक योजना कार्यान्वयनमा छ ।

हाल सम्मका रणनीतिक योजनाको कार्यान्वयनबाट प्राप्त अनुभव, राजनीतिक दल तथा सरोकारवालासँग विभिन्न समयमा गरिएका छलफल, विश्लेषण, समीक्षा र अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा मस्यौदा तयार गरिएको आयोगका प्रवक्ता रघुराम विष्टले राससलाई जानकारी दिनुभयो ।

उक्त मस्यदौलाई उन्नत बनाउन अगामी साउन ७ गते भित्र आयोगको सचिवालयमा प्राप्त हुनेगरी सुझाव दिन आयोगले आग्रह गरेको छ । रासस

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ५ : १५ बजे