नवलपरासी जिल्लामा अविरल वर्षासँगै विभिन्न खोलामा आएको बाढीले बगाएर २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ बेदबहादुर पौडेलका अनुसार बौंदिखोलाले बगाउँदा स्थानीय बौदिकाली गाउँपालिका १ का ४८ वर्षीय विशाल कार्की बेपत्ता भएका छन् ।
त्यसै गरी मध्यविन्दु ४ मदनपुरका ३५ वर्षीय युवा सूर्य परियारलाई स्थानीय उल्टी खोलाले बगाएको थियो ।परियारलाई खोलाले बगाए पछि खोज तलासका क्रममा उल्टी र छुकछुकेको दोभानमा मृत फेला पारिएको प्रहरीको भनाई रहेको छ ।कार्की भने बेपत्ता नै रहेका छन् ।उनको ईप्रका डेडगाउ र स्थानीयले खोज तलासको कार्य जारी राखेका छन् ।
यसै गरी वर्षाकै कारण जिल्ला स्थित नारायणी नदीको जल स्तर पनि बढ्दो रहेको छ ।
प्रतिक्रिया