११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त



काठमाडौं, असार २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिङ सडक खण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।

उहाँले सबै क्षेत्रमा तत्काल खोजी र उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  १० : ०१ बजे