१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चितवन दुर्घटना : एक शव फेला, पहिचान हुन बाँकी



चितवन । पश्चिम चितवनको गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव भेटिएको छ ।

शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरु खोज्ने टोली परिचालन भइरहेको अवस्थामा गोलाघाटको नदी बीचमा एक पुरुषको शव भेटिएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०÷३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ ।

यद्यपि, शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो होइन यकिन भइसकेको छैन । चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले प्रहरीको अनुसन्धान टोली र शव बाहन घटनास्थल गोलाघाट पठाइएको जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेका व्यक्तिहरुका आफन्तहरु प्रहरीको सम्पर्कमा छन् । उनीहरुसँग समन्वय गरेर दुर्घटनामा परेका व्यक्ति हुन् वा होइनन् पहिचानको प्रकृया अघि बढाइने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ११ : ३६ बजे