४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कालीकोटमा पहिरो जाँदा सडक अवरुद्ध



आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोर अन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो । लाफा बजार नजिक लगातार पहिरो खसिरहेको र कर्णाली करिडोरमा पहिरोका कारण सवारी साधन नियमित रुपमा चल्न नसकेको वहाँका बताउनु भयो।

यसैगरी कर्णाली करिडोर अन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ। सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ११ : ४५ बजे