८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ओली नेतृत्वको सरकारमा सहभागी हुने काँग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुले एकै पटक शपथ लिने प्रवक्ता डा.प्रकाशशरण महतले बताउनु भयो। उहाँका अनुसार समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मात्रै पार्टीबाट सरकारमा मन्त्री पठाइने छ ।

उहाँले प्रधानमन्त्रीले शपथ लिए पछि कसले कुन मन्त्रालय पाउने र को-को मन्त्री बन्ने टुंगो लाग्ने भन्दै अहिले आन्तरिक गृहकार्य भइरहेको बताउनु भयो।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ५ : ११ बजे