३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नारायणी नदी किनारामा दुई शव फेला, पहिचान हुन बाँकी



चितवन । पूर्वी नवलपरासी गैंडाकोट नागरपालिका- ७ तर्फ दुई जना पुरुषको शव भेटिएको छ । नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको हो ।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्र मात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुर तर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् अहिले यकिन नभएको बताउनु भयो।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ५ : ४३ बजे