८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चितवन अपडेट : गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव



३० असार । पश्चिम चितवनको भरतपुर महानगरपालिका २८ मा एक पुरुषको शव भेटिएको छ ।

नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ ।

शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  १० : २१ बजे