१ कार्तिक २०८२, शुक्रबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नदीमा डुबेका बेपत्ता बालक अझै फेला परेन



सिराहाको कमला नदीमा नुहाउने क्रममा शनिवार अपराह्न डुबेका बालक अझै फेला परेका छैनन्। कल्याणपुर नगरपालिका ५ भोक्राहाका रामदेव खड्गा यादवका ११ वर्षीय छोरा क्षितिज यादव साथीहरूसँग कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

सिराहा सदरमुकाम बस्दै आएका क्षितिज परिवारसँग गाउँमा दिदीको विवाहमा गएका थिए। विवाहमा गएका बेला साथीहरूसँग नुहाउने क्रममा उनी डुबेको हुन सक्ने कल्याणपुर नगरपालिका ६ का वडाध्यक्ष दिनेशकुमार साहले जानकारी दिनुभयो।

बेपत्ता बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : ४८ बजे