१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज



अमेरिकी पूर्वराष्ट्रपति तथा आउँदो चुनावका उम्मेदवार डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । आज बिहान चुनावी अभियानका क्रममा कानमा गोली लागेका ट्रम्प चार घण्टाको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पेन्सिलभेनिया राज्यको बटलरमा आज बिहान चुनावी भाषण गर्दै गर्दा ट्रम्पलाई एक जनाले गोली प्रहार गरेका थिए । यो घटनामा सभामा रहेका एक जना र गोली प्रहार गर्ने व्यक्तिको ज्यान गएको छ । गोली हान्ने व्यक्ति २० वर्षका युवा रहेको खुलेको छ ।

यसैबीच अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानलाई निरन्तरता दिने बताउनुभएको छ । आउँदो हप्ताका लागि तय भएका सबै र्‍याली र सभामा आफू सहभागी हुने ट्रम्पले जनाउनुभएको छ । अमेरिकी गुप्तचर निकायले ट्रम्पको हत्या गर्ने नियतले नै गोली प्रहार भएको जनाएको छ ।

गोलीबारीको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको पनि कानुन प्रवर्तन अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ८ : ३३ बजे