११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमालेले टुंगायो ८ मन्त्रीको नाम, विष्णु पौडेल उपप्रधान एवं अर्थमन्त्री बन्दै



काठमाडौँ — एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । एमालेका एक नेताका अनुसार ओलीले १४ जनाको ुसर्टलिस्टुबाट ८ जनाको नाम टुंगो लगाएका हुन् ।

प्रधानमन्त्रीपछि वरीयतामा रहने गरी एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै पदाधिकारीबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मा दिइने बताइएको छ ।

त्यस्तै मधेशबाट राजकुमार गुप्ताको नाम पनि मन्त्री बन्नेको सूचीमा रहेको छ । गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ ।

त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राई रक्षामन्त्री बन्ने भएका छन् । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहोर्‍याउने एमालेको तयारी छ । उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ११ : १३ बजे