१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


दादुरा सङ्क्रमणबाट मृत्यु हुने बालबालिकाको संख्या ८१ प्रतिशत भन्दा बढी



अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १ सय ६० जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओको प्रतिवेदन अनुसार जनवरी देखि जुलाई सम्मको ६ महिनामा ३६ हजार ६ सय १८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएकोमा १ सय ६० जनाको ज्यान गएको हो ।

ज्यान गुमाउने मध्ये ८१ प्रतिशतभन्दा धेरै ५ वर्षमुनिका बालबालिका रहेका छन् । धेरै जसो घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका छन् ।

मृत्युको प्रमुख कारण दादुरा बारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने रहेको डब्ल्यूएचओको प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : ४९ बजे