चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका ६२ मध्ये १४ जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार फेला परेका १४ मध्ये ६ जनाको मात्र सनाखत भएको छ ।
भारतीय नागरिक २८ वर्षीय ऋषिपल साह, ३० वर्षीय जयप्रकाश ठाकुर, ३० वर्षीय सजाद अन्सारी, सर्लाहीका १९ वर्षीय रमित माझी, रौतहटका फिरोज राहुप मिया, चितवनका २२ वर्षका विकास परियार र सुदीप विकको शव मात्र पहिचान भएको छ । अन्यको पहिचान खुल्न बाँकी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
असार २८ गते चितवनको सिमलताल स्थित नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा दुई बस त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीन जना पौडिएर बाँचेका थिए । बस भने अझै फेला परेको छैन ।
प्रतिक्रिया