काठमाडौं, १ श्रावण २०८१ । नवलपरासी पूर्व मध्यविन्दु १२ तमासपुर स्थित नारायणी नदीमा दुई जनाको शव फेला परेको छ ।
आज मंगलबार दिउँसो अन्दाजी ३५/४० वर्षीय महिलाको शव फेला परेको छ, भने भरखरै पूर्वी नवलपरासीको गैडाकोट १० खरखरे नजिक ४०/४२ वर्षको पुरुषको शव भेटिएको प्रहरीले जनाकारी दिएको छ । तर ती व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल स्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदो सहितको पहिरोका कारण यात्रु सहित त्रिशूली नदीमा दुई बस खसेको थियो ।
दुर्घटना लगत्तै शुक्रबार देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिम प्राप्त समूहले आज पनि खोजीकार्य जारी राखिएको छ ।
प्रतिक्रिया