२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अफगानिस्तानमा बाढीका कारण ४० जनाको मृत्यु



अफगानिस्तान । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताउनुभयो । दुर्घटनामा हताहतिको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पुर्याएको छ ।

त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको ज्यान लिएको छ भने हजारौँलाई घरबार विहीन बनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ८ : ४४ बजे