८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मोहन बैद्य नेतृत्वको पार्टी फेरि फुट्यो



काठमाडौं, साउन २०८१ । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी एकीकरण भएको १६ महिना पछि विभाजन भएको हो ।

विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो । एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन् ।

उहाँले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरे पनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गर्नु भयो।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ४४ बजे