थाइल्याण्डको राजधानी बैंककमा रहेको होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् ।
मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ । तर पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन ।
थाइल्याण्डका प्रधानमन्त्री श्रेष्ठ थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिनुभएको छ । उहाँले यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने चाहेको बताउनु भयो ।
यसअघि पनि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो । प्रहरीले उनीहरुको मृत्यु बारे अनुसन्धान जारी रहेको बताएको छ ।
प्रतिक्रिया