काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (साउन ६) गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने छ । गत आइतबार ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो, भने गत सोमबार प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने समय तय गर्नुभएको सचेतक बर्तौलाले बताउनुभयो
प्रतिक्रिया