१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई दुतावासको आग्रह



बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदै गएपछि त्यहाँ स्थित नेपाली दूतावासले अत्यावश्यक काम बाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ।

कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा समन्वयन गर्न समेत अनुरोध गरेको छ।

दूतावासले विद्यार्थीहरूको शान्ति,सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरू र नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको जानकारी समेत गराएको छ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ३९ बजे