काठमाडौ । गत दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको नेपाल राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति ल्याउने तयारी गरेको छ । कर्जा माग नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब ८ खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएको छ । ब्याजदर निकै सस्तो भएको छ भने रेमिट्यान्स बढिरहेको छ ।
यसका साथै विदेशी मुद्रा सञ्चिति, शोधनान्तर लगायत सूचक पनि बलियो रहेको कारण देखाउदै नयाँ मौद्रिक नीतिमा कर्जा विस्तारलाई प्रोत्साहन हुने खालका व्यवस्था समेट्न लागिएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । वित्तीय स्थायित्व नखलबलिने र बजेट मार्फत सरकारले तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोगी हुने गरी राष्ट्र बैंक यस वर्षको मौद्रिक नीति तर्जुमाको अन्तिम तयारी गरेको छ ।
सरकारी वित्तको अवस्था बाहेक अर्थतन्त्रका बाह्य सूचक सबल बन्दै गएकाले विगतका तुलनामा अहिले खुकुलो मौद्रिक नीति ल्याउन सकिने अधिकारीहरू बताउँछन् ।
प्रतिक्रिया