८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिशूली दुर्घटना : नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये १९ शव फेला, १४ को मात्रै सनाखत



चितवनको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्री मध्ये हाल सम्म १९ शब फेला परेकोमा १४ जनाको सनाखत भएको छ । बेपत्ता बस र यात्रुको खोजीमा खटिएको सशस्त्र प्रहरीले बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।

भारतका ऋषिपल साह, चितवनका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवनका सुदिप विक, बाराका परमानन्द पण्डित र रौतहटका किशोरकुमार चौधरीको सनाखत भएको छ ।

यसैगरी रौतहटका अशोककुमार यादव, ऋषिकुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अन्य पाँचजना पुरुषको सनाखत हुन बाँकी छ ।

गत शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए ।

यसैबीच, सिमलताल घटना अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदललाई विभिन्न क्षेत्रका प्रतिनिधिले नयाँ प्रविधिबाट बेपत्ता यात्रु र बसको खोजी गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : ३५ बजे