१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


हाइटीमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु



हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ। धेरै घाइते भएका छन्।

हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५० माइल (२४० किलोमिटर) यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ। तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ३ : ३९ बजे