२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


पोखरामा दुर्घटना हुँदा एक जनाको मृत्यु



लेखनाथ, साउन ६ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६, लेक साइडमा आइतबार बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको ज्यान गएको छ । बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परियारको निधन भएको हो ।

बिहान पौने ६ बजेतिर गाडीको ठक्करले गम्भीर घाइते बन्नुभएका मोटरसाइकल चालक परियारलाई उपचार लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । कारका चालक पोखरा–१७, डेमसाइड निवासी ३० वर्षीय सुशील दहित र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ३० बजे