काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ११ः४५ मा सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिनु अघि बस्न लागेको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय गर्ने जनाएको छ ।
राप्रपाको निर्देशन समितिले सरकारलाई विश्वासको मत नदिनका लागि शनिबार संसदीय दललाई सुझाव दिएको थियो । प्रतिनिधि सभामा राप्रपाको १४ जना सांसद छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजेका लागी प्रतिनिधि सभा बैठक तय भएको छ ।
प्रतिक्रिया