३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अज्ञात समूहद्धारा धारिलो हतियार प्रहार गरी पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या



सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित घरमा रायको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार रायको टाउमा धारिलो हतियार प्रहार भएको देखिएको छ ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री बन्नुभएको थियो । रायको हत्या सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : २२ बजे