७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिशूली दुर्घटना : बेपत्ता बस अझै फेला पार्न सकेन



नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएकामा भारतीय विज्ञ टोलीले खोज्दा समेत अझै फेला पार्न सकेको छैन। दुर्घटनाको एक हप्तापछि गत शनिबार आएको भारतीय टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेर आइतबार देखि ‘सोनार क्यामरा’सहित खोजीकार्य सुरु गरेको थियो।

आइतबार सिमलताल देखि घुमाउने सम्म करिब ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाट सम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार आज घुमाउने देखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको छ।

असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा र काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए।एन्जल डिलक्समा २७ जना र गणपतिमा ४१ यात्रु रहेकोमा गणपति बसका तीनजना यात्रु त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए।

खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल सडजास्टर रेस्पोन्स फोर्स) बाट १२ जनाको एक प्राविधिक टोली नेपाल आएको छ। शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति चितवन र भारतीय प्राविधिक टोलीको संयुक्त वैठक बसी आइतबार बिहानबाट खोजी कार्य सुरु भएको थियो।

उक्त घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ। भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन्। हालसम्म १८ वटा शव सनाखत भइसकेको छ भने ७ वटा शवको सनाखत हुन बाँकी छ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ५५ बजे