८ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बङ्गलादेशः आरक्षण विरोधी प्रदर्शन स्थगित



सरकारी जागिरमा लागू गरिएको आरक्षणको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरुले ४८ घण्टा सम्मलाई आन्दोलन फिर्ता लिएका छन् । आइतबार बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेज गरे सँगै उनीहरुको यस्तो निर्णय सोमबार आएको हो ।

आन्दोलनपछि खुला जागिर ४४ प्रतिशत बाट बढाएर ९३ प्रतिशत बनाएको छ । तैपनि आन्दोलन जारी छ । यसैले आन्दोलनको मुल मुद्दा आरक्षण विरोधी देखिए पनि यो आन्दोलन शेख हसिना सरकारको विरोधमा आएको प्रतिकार आन्दोलनको रुपमा पनि व्याख्या गरिएको छ ।

विद्यार्थीरुले कर्फ्यू हटाउनु पर्ने, इन्टरनेट सेवा सुचारु गर्नु पर्ने लगायतका माग छ । यी माग राखेर दुई दिने अल्टिमेटम सहित आन्दोलन स्थगत गरेको विभिन्न अन्तराष्ट्रिय समाचार संस्थाले जनाएको छ । गत जेठबाट सुरु भएको विद्यार्थी आन्दोलनमा १५० बढीको मृत्यु भएको छ ।

यसअघि , बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेता सहित कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : १८ बजे