७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


न्यूरोड फुटपाथ विस्तारमा अध्ययन प्रतिवेदन बनाइने



काठमाडौं, साउन ७ गते । काठमाडौँ महानगरपालिका अन्तर्गतको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ । वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जनले सोमबार महानगरपालिकासँग बसेको बैठकमा नगर योजना आयोग (सीपीसी) का उपाध्यक्ष सुमन राजभण्डारीको संयोजकत्वमा वडा नं २२, २३ र २४ का वडाध्यक्षहरू सदस्य रहने गरी सहमति गरिएको हो ।

यस क्षेत्रको भूगोल, सामाजिक, आर्थिक अवस्थाको जानकारी राख्ने अगुवाको सहभागितामा अध्ययन प्रतिवेदन तयार गरिने अध्यक्ष चिनिकाजी महर्जनले बताउनुभयो । फुटपाथ विस्तारको काम मङ्सिर २ गतेसम्म स्थगित भएको उहाँको भनाइ छ । उहाँले अध्ययन प्रतिवेदन बनाउने सहमतिले विकासको कार्य जनभावनाअनुरूप गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सहमतिभन्दा पनि जनताको जीत हो । सामान्यतया, कुनै पनि विकासको काम कसरी गर्नुपर्छ भन्ने कुराको सिकाइ स्थापित भएको छ । जनताले मागेको, जनतालाई आवश्यकता नभएको कुनै पनि थोपर्ने खालको विकास जनताले अस्वीकार गरेको छ” उहाँले आगामी दिनमा सोही अध्ययन प्रतिवेदनअनुरूप अगाडि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ११ : ५० बजे