काठमाडौं, साउन ९ गते ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो संकल्पका साथ जनतामा जाँदा परिस्थिती अर्को ठाउँमा पुग्ने विश्वस व्यक्त गर्नुभयो ।
नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवसका सन्दर्भमा बुधबार पेरिस डाँडास्थित पार्टी केन्द्रीय कर्याालयमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “पाँच, छ महिना राम्रो संकल्पका साथ जनतामा गयोैं भने परिस्थिती अर्को ठाउँमा पुग्छ । त्यो विश्वास हामीलाई छ । मलाई लाग्छ, कमरेड नरबहादुर कर्मचार्यप्रति यही नै सच्चा श्रद्धाञ्जली हुन सक्छ । आफ्नो एजेण्डा, वर्ग, समुदायलाई समात्ने कुरा महत्वपूर्ण छ । जनतासँगका केही कडी कमजोर भएका छन्, तिनलाई बलियो पार्नु आजको आवश्यकता हो ।”
उहाँले माओवादीको सरकारबाट आफूहरु बेदाग विजयी भएर बाहिरिएको बताउनुभयो ।
उहाँले आम जनता र कार्यकर्तामा निराशा नभई विजयी भएर बेदाग निस्किएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया