३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो



काठमाडौं। विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। बुधबार बिहान करिब सवा ११ बजे सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो।

विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको थियो। बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो।

विमानमा सवार सुर्य एयरलाइन्सका १८ कर्मचारीको मृत्यु भएको छ भने पाइलटको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : ४२ बजे