७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गाली गरेपछि आवेशमा आएर हत्या गरेको स्वीकार



पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् । घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

प्रहरीसँग आरोपीले हत्या गरेको स्वीकारेका छन् , पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा उनले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृत भन्छन्– ‘पोलिग्राफ परीक्षण गर्दा उनले ढाँटेको देखिएको छ । ’रतनपुरमा राज्यमन्त्रीका ३ वटा घर छन् । तीमध्ये एउटा घरमा सहयोगी राम उजेन उनीसँगै बस्दै आएका थिए । घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा फर्से (एक प्रकारको बन्चरो)ले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

यसअघि राम उजेनले राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको आग्रह अनुसार आफूले ओछ्यान मिलाइदिएको बताएका थिए । पोलिग्राफ परीक्षण गर्दा उनले झुट बोलेको देखिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ४८ बजे