६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रुसी सेनाबाट उद्धारका लागि ३२३ जनाको निवेदन दर्ता



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको आजको बैठकमा मन्त्री राणाले रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनुभएको हो ।

मन्त्री राणाका अनुसार रुस–युक्रेन युद्ध भएदेखि अहिलेसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको सङ्ख्या ३४ जना पुगेको छ । साथै २२ जनाको डीएनए फरीक्षणका लागि दिइएको छ । ६ जना युक्रेनमा युद्धबन्दी रहेका छन् । ५ जना घाइते भएर उपचार भइरेहेको छ ।यस्तै एक सय ५० जना रुसी सेनाबाट नेपाल फर्किसकेका छन् । उद्धारका लागि ३ सय २३ जनाको आवेदन परेको छ ।

सम्पर्कमै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या एक सय १६ जना रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको सङ्ख्या एक सय ६१ रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : १७ बजे