२२ असार २०८२, आइतबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सिमलताल घटना अध्ययन कार्यदलको समय सात दिन थप



चितवन ।

चितवनको सिमलतालमा दुइटा गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय भएको छ।

कार्यदलका संयोजक छवि रिजालले कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय दिइएको जानकारी दिनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष एवम् कार्यदलका सदस्य सरोज सिटौलाले अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको बताउनुभयो ।

कार्यदलको अध्ययनले पनि माथिल्लो भेगबाट लेदोसहितको भेलबाढी आएको र दुई वटा बगाएको देखाएको छ। सडक डिभिजन भरतपुरले यही कुरालाई औंल्याएको थियो।

सिमलतालको भेलबाढी गएको स्थान सिँदुरे गहिरोमाथि भिरालो परेको जमिन छ। त्यसको ठीक माथि डुम्रेबेंसी गाउँ छ। त्यही गाउँको निकास खोल्सी भएर बग्ने गर्छ। वर्षातमा मात्रै पानी बग्ने सिँदुरे गहिरोमा दुइटा खोल्सी मिसिन्छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ११ : ४७ बजे